वर्षाको ‘ए साथी सुन’ को छायांकन सकियो



हेटौंडामा चैत ३ गतेबाट सुरु भएको अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘ए साथी सुन’ को छायांकन सकिएको छ । छायांकन सुरु भएको १६ दिनमा बुधवार चलचित्रको इन्डक्ल्याप भएको हो । एक गीतबाहेक चलचित्रको छायांकन पूरा भएको वर्षाले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।

कम समयमा राम्रो काम सकाएर चलचित्रको सेटबाट विदा लिएको उनले बताएकी छन् । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको चलचित्रलाई राघव आचार्यले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । भारतमा चलचित्र अध्ययन गरेका उनले केही वेब सिरिजमा काम गरिसकेका छन् ।

कम समयमै छायांकन सकिए पनि काम राम्रो निस्किएको उनले बताए । विना कार्कीको एकल लगानीमा चलचित्र निर्माण भएको हो । उनले चाँडै अर्को चलचित्र पनि बनाउँदैछिन् । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रबाट नायकको रुपमा रमेश बाँनियाले डेब्यू गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu