अस्करमा ‘नोम्याडल्यान्ड’ बन्यो उत्कृष्ट चलचित्र



विश्वको प्रतिष्ठित अस्कर अवार्डको ९३औं संस्करण सोमवार अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न भएको छ । अस्करमा चलचित्र ‘नोम्याडल्यान्ड’ बाट क्लोइ चाओले उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छन् । अस्करको इतिहासमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने उनी दोस्रो महिला हुन् । त्यस्तै, उनी पहिलो अश्वेत एवं एसियाली महिला बनेकी छन् ।

यो चलचित्रले उत्कृष्ट अभिनेत्री (फ्रान्सिस म्याकडरम्यान्ड) र उत्कृष्ट चलचित्रको अवार्ड पनि आफ्नो पोल्टामा पारेको छ । अस्करमा उत्कृष्ट अभिनेताको अवार्ड भने ८३ वर्षका एन्थोनी हप्किन्सले चलचित्र ‘द फादर’ बाट जिते । यो विधामा अस्कर जित्ने उनी सबैभन्दा पाका अभिनेता बनेका छन् । यसअघि क्रिस्टोफर प्लमरले ८२ वर्षको उमेरमा ‘बिगिनर्स’ बाट यो अवार्ड जितेका थिए ।

त्यस्तै, ७३ वर्षकी साउथ कोरियाली एक्ट्रेस यूह जुंग यूनले चलचित्र ‘मिनारी’ बाट बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड जितेर इतिहास रचेकी छन् । यो विधामा अवार्ड जित्ने उनी साउथ कोरियाको पहिलो र एशियाकी दोस्रो अभिनेत्री हुन् । एशियामा पहिला सपोर्टिङ एक्ट्रेसको अस्कर अवार्ड जापानी-अमेरिकी एक्ट्रेस मियोशी उमेकीले चलचित्र ‘सायोनारा’ का लागि प्राप्त गरेकी थिइन् ।

अस्कर अवार्ड विजेताको सूची :-

चलचित्र : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट चलचित्र : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर चलचित्र : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu