निर्देशक बन्दै अपिल बिष्ट | प्रताप बन्ने मौका मनोज आर.सी.लाई



apil-bista-pratap

कुनै समयका चर्चित नेता मदन भण्डारीको गाडी दुर्घटनाबाट भएको निधन काण्डलाई चलचित्रको माध्यमबाट पर्दामा उतारेर बनाईएको ‘दाशढुंगा’ नामक चलचित्रबाट चर्चामा आएका तथा प्रदर्शोन्मुख चलचित्र ‘ऋतु’का निर्माता अपिल बिष्टले अब भने निर्माताको परिचयलाई थप फराकिलो बनाउने भएका छन् ।

अपिल निर्माताको रुपमा चिनाउँदै आएको आफ्नो परिचयलाई थप फराकिलो बनाउँदै चलचित्र निर्देशकको रुपमा पनि चिनिने भएका छन् । आफ्नो ‘अपकमिङ प्रोजेक्ट’ ‘प्रताप’को निर्देशन अपिल आँफैले गर्दै छन् । जुन चलचित्रमा ‘मधुमास’ नायक मनोज आर.सी. लिड रोलमा देखिनेछन् ।

Manoj-RC

एक्सन ड्रामा बेसमा चलचित्र ‘प्रताप’ बन्न लागेको अपिलले बताए । तर चलचित्रको लागी मनोज आर.सी. बाहेकका अन्य कलाकारहरुको टुंगो भने लागिसकेको छैन ।  यद्यपी चलचित्र ‘ऋतु’को प्रदर्शनसँगै हल-हलमा ‘प्रताप’को फर्स्ट लुक प्रोमो पनि देखाउने तयारी भईरहेको छ।

यहि फागुन २३ गतेबाट प्रदर्शनमा रहेको आफ्नो लगानी रहेको चलचित्र ‘ऋतु’को प्रचार प्रसारमा व्यस्त भएकोले यो चलचित्र सफल भएसँगै ‘प्रताप’को निर्देशनमा जुट्ने अपिलको दाबी छ । चलचित्रमा काठमाडौँ, कपिलबस्तु, चितवनमा लगायतका ठाउँहरुको दृश्य समावेश हुनेछन् ।

तस्विरः अपिल बिष्ट (माथी) र मनोज आ.सी.

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu