चितवनमा ‘राजनीति’ | देवघाटस्थित आश्रमलाई सहयोग



rajneeti-charity-show-chitwan

[dropcap]दे[/dropcap]वघाट स्थित श्रीरामजानकी बालिका आश्रममा आश्रित बालिकाहरुको सहयोगार्थ नारायणगढको गणेश चित्र मन्दिरमा नेपाली कथानक चलचित्र राजनीतिको च्यारिटी शो भएको छ । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आश्रममा आश्रित बालिकाहरुको शिक्षा स्वास्थ्य तथा उनीहरुको लालनपालनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको च्यारिटी शो कार्यक्रममा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

कार्यक्रममा चलचित्रकी नायिका पवित्रा आचार्यसमेत सहभागी भएकी थिइन् । राजनीति हेर्नका लागि विभिन्न संघ/संस्थाहरुका व्यक्तित्व, व्यवसायी, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । चलचित्रको च्यारिटी हेरिसकेपछि दर्शकहरुले नेपाली राजनीतिक कथावस्तुलाई समावेश गर्दै हालको अस्थिर राजनीतिलाई सजग गराएको भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

च्यारिटी शो कार्यक्रममा श्रीरामजानकी बालिका आश्रम देवघाटका अध्यक्ष सावित्री टण्डन, लगायतअन्य पदाधिकारी तथा बालिकाहरुसमेत उपस्थिति रहेको थियो । साथै पत्रिकाले बालिकाहरुको स्वास्थ्य सम्बन्धी सम्पूर्ण शिविरहरुको कार्यक्रम समेत गरिसकेको छ । पत्रिकाद्वारा सञ्चालन गरिएका विभिन्न स्वास्थ्य शिविर कार्यक्रमहरु गरिसकेको र बालिकाहरुलाई लत्ताकपडा तथा अन्य सामाग्री वितरण कार्यक्रम बाँकी रहेको पत्रिकाका प्रकाशक-प्रधान सम्पादक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu