पुरुष वेश्या भर्सेस प्रेम कहानी | फ्राईडे रिलिज



फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । यादव शिलवाल निर्देशित चलचित्र ‘जिगोलो’ र रामजी लामिछाने निर्देशित चलचित्र ‘प्रेमिका’ हलमार्फत दर्शकको रोजाईको लागी आएका हुन् ।

‘जिगोलो’
यो चलचित्रमा पछिल्लो समय समाजमा बढ्दो क्रममा रहेको भनिएको पुरुष बेश्याको कथा बोलेको निर्माण युनिटको भनाई छ । राजु श्रेष्ठले निर्माण गरेको यो चलचित्र यसअघी नै मलेशिया, हङकङ लगायतका देशमा प्रिमियरपछी नेपालमा प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा प्रभाकर श्रेष्ठ, महिमा सिलवाल, जिया केसी मुख्य भुमिकामा देखिंदैछन । यो चलचित्रलाई काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् ।

gigolo-new-poster
‘प्रेमिका’
पछिल्लो समय प्रदर्शनमा आएका कुनै पनि चलचित्रले सन्तोषको स्वास फेर्न समेत नपाएको समयमा निर्देशक लामिछानेले केहि आशा राखेको चलचित्र हो ‘प्रेमिका’ । यो चलचित्रमा सुमन सिंह, झरना थापा र शुसिल पोखरेल मुख्य भुमिकामा देखिने छन् । चलचित्र पुर्णतः प्रेम कथामा आधारित रहेको नामले नै बताएको छ ।

premika-news

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu