वेब सिरिज ‘मनी हाइस्ट ५’ को ट्रेलर सार्वजनिक (भिडियो)



क्राइम र ड्रामामा आधारित स्पेनिश वेब सिरिज ‘मनी हाइस्ट ५’ को ट्रेलर सार्वजनिक भएको छ । ‘मनी हाइस्ट’ नेटफ्लिक्समा आएको अहिलेसम्मकै उत्कृष्ट वेब सिरिजमध्ये एक हो, जसलाई दर्शकले निकै रुचाएका छन् । ‘मनी हाइस्ट’ को अहिलेसम्म चार पार्ट आइसकेको छ ।

सिरिजको पाँचौ पार्टको ट्रेलरमा ‘रोयल मिन्ट अफ स्पेन’ र ‘बैंक अफ स्पेन’ मा आफ्नो टिमसँग निकै सानदार तरिकाले चोरी गर्ने प्रोफेसरलाई समातिएको देखाइएको छ । ‘मनी हाइस्ट’ सिरिजमा प्रोफेसर निकै तेज दिमागका हुन्छन् र कुनै पनि चोरीलाई फुलप्रूफ प्लान बनाउँछन् ।

यो सिरिजमा देखिने सबै कलाकारको चरित्रको नाम संसारका ठूला शहरबाट राखिएको छ । यसमा टोक्यो, बर्लिन, मास्को, नैरोबी, रियो, डेनवर र हेलसिन्की जस्ता नाम छ । विभिन्न भाषामा बनेको यो सिरिजमा उर्सुला कोरबेरो, अलवरो मोर्टे, इतिजार इटुनो, पेड्रो अलोन्सो, पाको टस लगायतको अभिनय छ । सेप्टेम्बर ३ तारिखमा यो सिरिज नेटफ्लिक्समा रिलिज हुनेछ ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu