एलेभल विद्यार्थी मलुसा भईन् मिस टिन कलेज २०१४



miss-teen-14

शुक्रवार सम्पन्न ‘मिस टिन कलेज २०१४’को उपाधि द ब्रिटिस कलेजकी एलेभल विद्यार्थी मलुसा रानामगरले जितेकी छिन् । सिजन मिडियाको आयोजनामा भयोको यो प्रतियोगितामा उपाधी जितेसंगै मलुसाले टिभिएस स्ट्रिट स्कुटर र एसीयन कलेज अफ म्यानेजमेन्ट मा पढ्नको लागि फूल स्कोलरसिप साथै अन्य गिफ्ट ह्याम्परहरु हात गरीन्। उनलाई मिस इन्टरनेशनल २०१२ की विजेता सुभेक्षा खड्काले ताज पहिरियाइ दिएकी थिइन्।

त्यस्तै न्यूसमिट कलेजमा अध्ययनरत छात्रा शान्तिमाया तामाङ ‘फस्ट रनरअप’ तथा ओरीयन्ट कलेजकी छात्रा सवनम भण्डारी ‘सेकेन्ड रनरअप’ भइन् । फेसबुक मल्टिमिडिया अर्वाडसमेत हात पारेकी भण्डारीले नगद १५ हजार पाईन् ।

अन्य विधा अन्तर्गत ‘सिटिभि मोवाइल मिस प्रशनालीटी’ र ‘अर्गनाइजर च्वाइस’ अवार्ड दिक्षा ज्ञावलीले हात पारिन भने एसीयन कलेज मिस ट्यालेन्ट अर्वाड र भियोर्स च्वाइस अर्वाड सामना मर्हजनले जिल्न सफल भइन् ।

त्यस्तै सुश्मा अधिकारीले वेष्ट स्कीन अर्वाड र मिस पङ्चुवालीटी अर्वाड जितेकी छिन् । फोटो जेनीक अर्वाड र मिस पपुलर अर्वाड जोनीका खकुरेलले हात पार्दा वेष्ट वाक ललना खाएजु, मिस फेन्डसीप सार्वानी खनाल ,वेष्ट हेयर स्मारीका श्रेष्ठ, मिस डिसिपिलिन वर्षा केसी र फिरिरि यूरोपा वेष्ट डे्रस टुइङ्कल चौधरीको हातमा पर्यो । कलेजमा पढ्दै गरेका किशोरीहरुको क्षमताबृद्धीको लागी तथा प्रतिभा जाँचको लागी यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu