ताजमहलमा निर्मातासँग बेनिशाको मस्ती | फोटो फिचर



taajmahal

[dropcap]भा[/dropcap]रतको ताजमहलमा चलचित्र निर्माता रिमेश अधिकारी र नायिका बेनिशा हमालले मस्ती गरेका छन्। यो चाँजोपाँजो भने म्यूजिक भिडियो निर्देशक समन अधिकारीले मिलाएका हुन्। यतिबेला भिडियो छायांकनको लागि रिमेश र बेनिशा सहित अन्य टिमसँग समन भारतमा रहेका छन्।

taajmahal1

निर्माता अधिकारीलाई समनले मोडल बनाएका छन्। हेमन्त परदेशिका शब्दमा स्वरुप राज आचार्यको स्वर रहेको एक गीतमा रिमेश र बेनिशाको अभिनय रहेको छ। हरि हुमागाईँले छायांकन गरेका छन्।

taajmahal3

चार ‍वटा गीतको भिडियो छायांकन गर्ने लक्ष्यसहित भारत पुगेका हुन्। अन्य गीतमा मोडल सुप्रिया कटुवालले पनि अभिनय गर्नेछिन्। नयाँ दिल्लीको इन्डिया गेट, राष्ट्रपति निवास, ताजमहल, अकबरको दरबार लगाएतका स्थानमा छायांकन हुने समनले बताएका छन्।

taajmahal2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu