‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने



पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले आउँदो माघको अन्तिम साता तीन दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । महोत्सव कहाँ हुने भन्नेबारे केही दिनमा जानकारी दिइने बताइएको छ ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी फिचर चलचित्र, सर्ट चलचित्र र डकुमेन्ट्रीलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई राशीसहित अवार्ड प्रदान गरिने अध्यक्ष सापकोटाले बताए ।

उनले महोत्सवबारे जानकारी दिँदै भने- ‘महोत्सवमा विभिन्न भाषा-भाषिकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरु समेत समावेश गरिनेछ । महोत्सवमा ग्रामिण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसप पनि गर्नेछौं ।’

प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा ग्रामीण दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कशप तथा मास्टर क्लास हुने, चलचित्रकर्मीहरुको बीचमा ग्रामिण फिल्मको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धि अन्तरक्रिया हुने, उत्कृष्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu