
काठमाडौं – ‘स्टाइलिस आइकन’ नायक सलिनमान बनियाँ लामो समयपछि पर्दामा फर्किँदै छन्, त्यो त सबैलाई थाहा छ। के तपाईँलाई थाहा छ, यस पटक उनको अँगालोमा कुन सुन्दरी बाँधिँदै छिन्? यस पटक सलिनमानले सीधै जापानबाट हिरोइन झिकाएका छन्! बजारमा यति बेला एउटै चर्चा छ– आखिर को हुन् ती जापानी सुन्दरी, जसले सलिनमानको मन चोरेर ‘युनिभर्सिटी अफ गुण्डाज’ मा तहल्का मच्चाउँदै छिन्?
सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) ले अहिले पूरै इन्डस्ट्रीमा सनसनी मच्चाएको छ। फर्स्ट लुकबाटै ‘खतरनाक’ भाइब्स दिइसकेको यो फिल्ममा सलिनमानको अपोजिटमा फाइनल भएकी छन्— जापानी नायिका मीना यसोदा!
जापानी नायिकाले नेपाली फिल्म कसरी खेल्छिन्? मीनाको नसामा आधा नेपाली र आधा जापानी रगत बग्छ। उनका बुवा नेपाली र आमा जापानी हुन्। तर निर्माण टिमले मीनाको लुक्स र अन्य डिटेललाई यति ‘टप सेक्रेट’ राखेको छ कि, दर्शकको कौतुहलता अहिले सगरमाथाको चुचुरोमा पुगेको छ।
अझ सनसनीपूर्ण कुरा त के छ भने, यो फिल्मको कथा अरू कसैले होइन, स्वयं सलिनमान आफैँले लेखेका हुन्! सुरेश न्यौपानेको निर्देशन रहने यो फिल्ममा सलिनमान र मीनाको फ्रेस र रोमान्टिक जोडीसँगै हाम्रा सलोन बस्नेत पनि मुख्य भूमिकामा इन्ट्री मार्दैछन्। सलिन र सलोनको जोडी पर्दामा कति हिट छ, त्यो त मैले भनिरहनु पर्दैन होला!
निर्माताले फर्स्ट लुकको रेस्पोन्स हेरेर मात्र रिलिज डेट तोक्ने मास्टरप्लान बनाएका छन्। तर यति चाहिँ पक्का हो, ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमान र जापानी सुन्दरी मीनाको यो क्रस-कल्चरल रोमान्स हेर्न हलमा आगो लाग्ने वाला छ।






