चार दिनमा ‘पुष्पा’ को कमाई १ सय ४० करोड



साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत चलचित्र ‘पुष्पा’ ले यतिबेला भारतीय बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । चलचित्र हिन्दी डबसहित तमिल, तेलुगू, कन्नड र मलालयम भाषामा चलचित्रले रेकर्ड ब्रेक व्यापार गरेको छ । प्रदर्शनको चार दिनमा चलचित्रले भारतमा मात्र १ सय २० करोड भारुको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बक्सअफिस ट्रेक ह्यान्डल सिनेट्रेकका अनुसार, विश्व बक्सअफिसमा ‘पुष्पा’ ले तेस्रो स्थान बनाएको छ । भारतमा प्रदर्शनको चार दिनमा १ सय २० करोड छापेको चलचित्रले अन्तर्राष्ट्रिय बजारमा २० करोड कमाएको सिनेट्रेकले उल्लेख गरेको छ । चलचित्रले चार दिनमै विश्वभरबाट १ सय ४० करोड ७ लाख कमाएको छ । चलचित्रले विदेशमा सबैभन्दा बढी नर्थ अमेरिकामा कमाई गरेको छ ।

सुकुमार निर्देशित चलचित्रमा रश्मिका मन्दाना पनि मुख्य भूमिकामा छिन् । नेपालमा समेत चलचित्रको कमाई आक्रामक छ । दुई भागमा बनेको चलचित्रको दोस्रो पार्ट अर्को वर्ष आउने छ । रक्त चन्दन तस्करी कथामा निर्माण भएको चलचित्रलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । अल्लू अर्जुनको स्टाइल, एक्सन, ब्याकग्राउन्ड स्कोर, सिनेम्याटोग्राफीले चलचित्रलाई बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu