सन्नीको ‘फाइट अफ फ्यूरी २’ को गीत सार्वजनिक



नेपाली कलाकार तथा मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी सन्नी बी केसीले निर्माण र अभिनय गरेको हलिउड चलचित्र ‘फाइट अफ फ्यूरी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँको क्यूज हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको शिर्ष गीतको भिडियोमा सन्नीसँगै अमेरिकाका कलाकारहरु देखिएका छन् । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा भएको हो ।

अभिनेता ब्रुसलीले अभिनय गरेको चलचित्र ‘इन्टर द ड्रागन’ मा काम गरेका बब वालको समेत अभिनय रहेको यो चलचित्रमा हलिउड कलाकारहरु लियो फोङ्ग, जोस्फ माइकल र एम एम ए फाइटर मुख्य भूमिकामा छन् । अंग्रेजी भाषामा निर्माण भएको चलचित्रलाई नेपालीमा डब गरेर नेपालमा प्रदर्शन गरिने सन्नी बीले जानकारी दिए । चलचित्रको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

मानव तस्करीको कथामा निर्माण भएको चलचित्रलाई हलिउडका सिनेमा घर र ओटीटी प्लेटफर्म पनि रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । गीत सार्वजनिक कार्यक्रममा सन्नी बीले आफू अमेरिकामा बसोबास गरे पनि नेपाली चलचित्र क्षेत्रको लागि काम गरिरहेको र नेपाली चलचित्र बनाउने तयारीमा रहेको जानकारी दिए । उनले यसअघि चलचित्र ‘गोर्खा रक्षक र ‘फाइट अफ फ्यूरी’ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu