यूट्युबमा ‘मंगलम’ लाई उम्दा प्रतिक्रिया



हलमा प्रदर्शनमा आएको चार वर्षपछि चलचित्र ‘मंगलम’ आइतवारबाट यूट्युबमा उपलब्ध भएको छ । हलमा निकै रुचाइएको चलचित्रलाई यूट्युबमा पनि दर्शकको लोभलाग्दो साथ मिलेको छ । चार दिनमा चलचित्रलाई १८ लाखभन्दा बढीले हेरिसकेका छन् भने ५२ हजार बढी लाइक्स मिलेको छ ।

चलचित्रले दर्शकबाट प्रतिक्रिया पनि राम्रो पाएको छ । चलचित्रलाई प्राप्त २२ सयभन्दा बढी कमेन्टमा अधिकांशले प्रशंसामा शब्द खर्चिएका छन् । चलचित्रको कथावस्तु, कलाकारको अभिनय र छायांकनलाई दर्शकले विशेष रुचाएका छन् । कमेन्ट लेख्ने अधिकांशले अभिनेता पुष्प खड्का र अभिनेत्री मिथिला शर्माको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

‘मंगलम’ लाई पुष्पको करिअरकै टर्निङ पोइन्ट मान्ने गरिन्छ । यो चलचित्रबाट राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका उनी प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय गरेका छन् । चलचित्रमा उनको आमाको भूमिका मिथिलाले निर्वाह गरेकी छन् भने श्रीमतीको भूमिकामा शिल्पा पोखरेल छिन् ।

नवल नेपाल निर्देशित चलचित्रमा नीर शाह र पृथ्वीराज प्रसाईंको पनि मुख्य भूमिका छ । चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह केमियो भूमिकामा छिन् । छबिराज ओझाले निर्माण गरेको चलचित्रलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन् । चलचित्रमा दीपक शर्माको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu