आइकोर फिल्म्सले नेपाल ल्यायो ‘द म्याट्रिक्स रिसुरेक्सन’



‘मेरो एउटा साथी छ, इन्टु मिन्टु लण्डनमा’ लगायतका सफल चलचित्रको निर्माण गरिसकेको आइकोर फिल्म्सले अब विदेशी चलचित्रको नेपाल वितरण पनि सुरु गरेको छ । कम्पनीले नेपाल ल्याएको हलिउड चलचित्र ‘द म्याट्रिक्स रिसुरेक्सन’ यही शुक्रवारबाट मल्टीप्लेक्सहरुमा प्रदर्शन हुँदैछ । कम्पनीले बुधवार विज्ञप्ति जारी गर्दै अब वितरणलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

लाना वाचाओक्सीले निर्देशन गरेको चलचित्रको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । यसको अघिल्ला तीन श्रृंखला विश्वभर सर्वाधिक रुचाइएको थियो । आइकोर प्रालीका निर्देशक प्रज्वल जबराले ‘म्याट्रिक्स’ सिरिज आफ्नो मनपर्ने साइन्स फिक्सन भएको र चौंथो श्रृंखलाले सम्बन्धित चलचित्रको जनराको स्वाद दिनुका साथै दर्शकहरुलाई विगतलाई फर्काउने विश्वास व्यक्त गरे ।

आइकोर फिल्मस्ले काठमाडौंको नयाँ बानेश्वरमा वान सिनेमाज् नामक हल सञ्चालनमा ल्याइसकेको छ । यसको दोस्रो शाखा चाँडै कालीमाटीमा खुल्दैछ । यो कम्पनीले निर्माण गरेको चलचित्र ‘आइएम ट्वान्टी वान’ रिलिज तयारीमा छ भने चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल पनि निर्माण गर्दैछ । अन्य विदेशी चलचित्र नेपाल ल्याउने विषयमा पनि कुराकानी भइरहेको जबराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu