विद्यालय दिवसको अवसरमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’



हेटौंडा १८, हर्नामाडीस्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५औं विद्यालय दिवसको अवसरमा पाँच दिनेसम्म हुने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ को समुद्घाटन भएको छ । विद्यालयको प्राङ्गनमा उद्घाटन भएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा हेटौडा वडा नं. १८ का वडाध्यक्ष अनिल कुमार बानियाँको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा अन्य अतिथिहरु प्रध्यानाध्यापक जयराम थापा, रविन्द्र बहादुर सुर्खेती, तेज कुमारी न्यौपाने, विमला विसुंके, कुशुम थामी, जीत ब. राना रहेका थिए । बुधबार सुरु भएको ‘राष्ट्रिय चित्रकला कार्यशाला’ मा स्थानीय र राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको उल्लेखनिय सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताए ।

कार्यशालामा स्थानीय कलाकारहरुमा लक्ष्मण भुजेल, चिरञ्जीवि श्रेष्ठ, सुजन राई, करिष्मा जोशीका साथै कुन्तीश्री थापा, निलम भुर्तेल, नम्रता सिंह, भुषण दुलाल, मुना भडेल, तारा तामाङ, पृथ्वी श्रेष्ठ, राजन पन्त, उद्दव रिमाल, रोशन भण्डारी, राजन काफ्ले, मेख लिम्बु रहेका छन् । यो वर्ष चित्रकला कार्यशाला गर्नुको उद्देश्य ललितकलाप्रति युवापुस्तालाई आकर्षित गर्नु रहेको अध्यक्ष रम्तेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu