वर्षाले उद्घाटन गरिन् ‘साथी मार्ट’ को टोखा आउटलेट



नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ ले काठमाडौंको टोखा मिलनटोलमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । बिहीवार अभिनेत्री वर्षा सिवाकोटीले आउटलेटको उद्घाटन गरेकी हुन् । आउटलेटको उद्घाटन गर्दै उनले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफूले समय र लोकेशन हेरेर गर्ने गरेको बताएकी छन् ।

उनले भनिन्, ‘ग्रोसरी सपिङ घरमा म मात्रैमा सीमित छैन । बढीजसो ममीले गर्नुहुन्छ । तर, कहिले काहिँ कुनै चिजहरु चाहिने नै भएको खण्डमा म पनि लिएर जाने गरेको छु । तर, समय र लोकेशन हेरेर मेरो सपिङ हुने गर्छ ।’ उनले आफू ‘साथी मार्ट’ को नियमित ग्राहक रहेको बताउँदै नेपाली उत्पादनलाई पनि प्राथमिकता दिने मार्टको उद्देश्य आफूलाई मन परेको बताएकी छन् ।

‘साथी मार्ट’ ले अनलाइनबाट दिने सुविधाले पनि आम मानिसको जीवनलाई सहज बनाएको उनको भनाई छ । ‘लकडाउनको समयमा अनलाइन सपिङबाहेक हामीसँग अरु विकल्प थिएन । त्यसबेला हाम्रो जीवनयापनलाई सहज बनाउन अनलाइन सपिङले ठूलो भूमिका खेलेको थियो । विस्तारै नेपालमा अनलाइन सपिङको संस्कार बढ्दै गएको छ, जुन सुखद कुरा हो,’ वर्षाले भनिन् ।

ओ टु ओ (अनलाइन टु अफलाइन) सुविधासहित टोखामा ‘साथी मार्ट’ को आउटलेट सुरू भएको हो । उपभोक्ताले ‘साथी मार्ट’ को मोबाइल एप वा आधिकारिक वेबसाइट WWW.SAATHIMART.COM मा आफूलाई आवश्यक पर्ने सामान अर्डर गरी मगाउन सकिने सिइओ सागर पोख्रेलले जानकारी दिए । आउटलेट पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने बताइएको छ ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ । मार्टमा ग्राहकले ३५ प्रतिशतसम्म छुट, फ्ल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ । ‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा महानायक राजेश हमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu