फर्स्टलुकमा यस्तो देखियो दीपिकाको ‘हेल्लो जिन्दगी’



चलचित्र ‘हेल्लो जिन्दगी’ को फर्स्टलुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । एभरेष्ट सूर्य बोहराद्वारा लिखित तथा निर्देशित चलचित्र आगामी चैत्र ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हो । सार्वजनिक पोस्टरमा भने विक्रम डि जोशी, दीपिका प्रसाइँ, प्रियंका कार्की, विल्सन बिक्रम राई र विक्रान्त बस्नेत देखिएका छन् ।

चलचित्रमा एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ । चलचित्रको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीले लेखेका हुन् भने पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् ।

कोरोना महामारीभन्दा अगाडि युके र नेपालमा छायांकन भएको चलचित्रमा निर्देशक बोहराकै शब्द, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल राइटस् ओएसआर डिजिटलले किनिसकेको छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सह-निर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसरमा छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu