‘राम नाम सत्य’ को व्यावसायिक सफलतापछि विशुद्ध प्रेमकथा ‘हेराई’ लिएर आउँदै निर्देशक माइकल चन्द



काठमाडौं – गत वर्ष बक्सअफिसमा सुखद व्यापार गर्न सफल एक्सन चलचित्र ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले आफ्नो नयाँ निर्देशकीय प्रोजेक्टको औपचारिक घोषणा गरेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यस नयाँ चलचित्रको नाम ‘हेराई’ जुराइएको छ। अघिल्लो वर्ष ‘राम नाम सत्य’ मार्फत साढे ३ करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गर्दै व्यावसायिक सफलता चाखेका निर्देशक चन्दले यसपटक भने आफ्नो जनरा परिवर्तन गर्दै विशुद्ध प्रेमकथा (लभ स्टोरी) मा चलचित्र निर्माण गर्न लागेका हुन्।

‘एक हेराई अनेक बुझाइ’ भन्ने अर्थपूर्ण ट्यागलाइनसहित निर्माण हुन लागेको यस चलचित्रले मानिसको दृष्टिकोणअनुसार परिस्थितिको बुझाइ र प्रेम कसरी फरक पर्छ भन्ने कथा बोल्ने निर्देशक चन्दले बताएका छन्। हाल यस चलचित्रको प्रि-प्रोडक्सनको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। यद्यपि, चलचित्रका लागि मुख्य कलाकारहरूको भने अन्तिम टुंगो लाग्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ।

किशोर भट्ट, हेमन्त शाह र श्वेता विमलीको संयुक्त लगानी रहने यस चलचित्रमा राजेन्द्र भट्ट र अर्जुन सुनार सह-निर्माताका रूपमा जोडिएका छन्। केही महिनाभित्रै छायांकन सुरु गर्ने तयारीमा रहेको निर्माण टोलीले यसै वर्षभित्र ‘हेराई’ लाई देशभरका सिनेमाघरहरूमार्फत दर्शकमाझ ल्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu