नयाँ स्वरुपमा फेसियल हाउस, भवानी र पूजाले काटे केक



विगत १४ बर्षदेखि लोकप्रियता हासिल गर्दै सञ्चालन भैरहेको ‘फेसियल हाउस’ ले आफ्नो बार्षिकोत्सव सम्पन्न गरेको छ । नयाँ डिजाइनका साथ तयार पारिएको काठमाडौं मलको चौथों तल्लामा अवस्थित ‘फेसियल हाउस’ कै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोत्सव सम्पन्न गरिएको हो ।

बार्षिकोत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पूजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच पुगेका थिए । उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए ।

नायिका पूजा शर्माले भनिन्–‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु । यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’ यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराको मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ बर्षदेखि अगाडि बढिरहेको बताइन् ।

फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले विगत १४ बर्षदेखि आम मानिसको विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौंभित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् ।

फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्–‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’ कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu