‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक



हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोश्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भएको थियो, यद्यपी ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा तर्साउने दृश्यहरु समावेश छन् ।

दोस्रो ट्रेलर हेर्दा चलचित्रको मूल कथा नायक कर्माको वरीपरी घुमेको बुझ्न सकिन्छ । विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।

भिमसेन लामा निर्देशित चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu