बलिउडकी गायिका असीस कौरको काठमाडौंमा कन्सर्ट



काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो ।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए । ‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ’, खानले भने- ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’

कार्यक्रममा आसीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा खुदा हाफिज चलचित्रको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।

कौरले ‘तमाचे’ चलचित्रको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै चलचित्रको गीतमा आफ्नो आवाज दिइसकेकी छिन् । ‘भे माही’, ‘मखना’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आख लड जावे’, ‘छोगडा’, ‘बोल्ना’ गीतमा आफ्नो स्वरको जादु पस्किसकेकी उनी ७ जनवरीमा नेपाल आउनेछिन् । कन्सटको टिकट इसेवाबाट पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu