समयमा पारिश्रमिक नदिनेको नाम सार्वजनिक गर्ने परमिताको चेतावनी



अभिनेत्री परमिता आरएल राणाले मेहनतको पारिश्रमिक समयमा नपाउने गरेकोमा गुनासो पोखेकी छन् । उनले सोमवार इन्स्टाग्राममा अभिनय र मोडलिङमा ढिला गरी पाउने पारिश्रमिकबाट आफू विरामी भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘आफ्नो मेहनतको कमाईका लागि भिख माग्नु पर्छ । मैले अहिलेसम्म गरेका मोडलिङ र अभिनयमा ढिला गरी पारिश्रमिक पाएको छु ।’

उनले अबदेखि समयमा भुक्तानी नगर्ने व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनी समेत दिएकी छन् । उनी अगाडि लेख्छिन्, ‘नाम सार्वजनिक गर्नु दुःखको कुरा हो तर अब यही एउटा विकल्प छ । जो व्यक्ति नेपालमा मोडलिङ र अभिनय गर्न चाहन्छन्, कृपया यसका लागि मानसिक रुपमा तयार हुनुहोला । एक पटक मलाई एक चलचित्रको पूरा पारिश्रमिक पाउन एक वर्ष लागेको थियो ।’

नेपाली चलचित्र क्षेत्रमा कलाकारले आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाउने गरेको समस्या नौलो होइन । हालै चलचित्र ‘चपली हाइट ३’ का कलाकार अमिर गौतमले जाडोको मौसममा पानीले रुझेर काम गरेको चलचित्रबाट पनि पारिश्रमिक नपाएको गुनासो पोखेका थिए । नेपालमा प्रायः कलाकारले चलचित्र रिलिजको वर्षौंसम्म आफ्नो पारिश्रमिक नपाएका कयैन् उदाहरण छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu