राजेश हमाललाई लिएर बलिउड चलचित्र बन्ने !



नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई लिएर बलिउड चलचित्र बनाउने तयारी गरिएको छ । भारतीय निर्माता राजेश चौधरीले उनलाई लिएर बलिउड चलचित्र बनाउने योजना बनाएका हुन् । चलचित्रभन्दा अगाडि हमालसँग उनको एउटा हिन्दी गीतमा सहकार्य हुनेछ । निर्माता चौधरीले निर्माण गरेको हिन्दी गीतको भिडियो सार्वजनिक गर्न यतिबेला नायक हमाल मुम्बईमा छन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै निर्माता चौधरीले भनेका छन्, ‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुनेछ । बलिउड चलचित्रको पनि तयारी भइरहेको छ । उहाँसँग सहकार्य गर्नका लागि उत्साहित छु ।’ उनी निर्मित गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरिएको थियो । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय रहेको छ ।

‘चेहेरा’ बोलको हिन्दी गीतको भिडियो म्यूजिक रिलिज कार्यक्रममा सहभागी हुन नीतिको साथमा सोमवार मुम्बई पुगेका राजेश हमालले भारतीय मिडियासँग कुराकानी गर्दै मुम्बईमा आउँदा आफूलाई बेग्लै उर्जा आउने गरेको बताएका छन् । उनले भनेका छन्, ‘मुम्बईमा म धेरै वर्षपछि आएको हुँ । तर, यसअघि धेरै पटक आइसकेको छु । मुम्बई शहरले मलाई बेग्लै उर्जा दिने गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu