‘चुरीफुरी’ लाई दर्शकले रुचाएका छन् : ऋषिराज आचार्य



सिनेमा हलमा नेपाली चलचित्रको खडेरीलाई चिर्दै गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘चुरीफुरी’ मा दर्शकको उपस्थिति अपेक्षाकृत देखिएको छैन । तर, चलचित्रको माउथ पब्लिसिटी राम्रो रहेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् । जग्गा किनबेच र बैदेशिक रोजगारीमा हुने ठगीको कथालाई प्रस्तुत गरिएको चलचित्रलाई दर्शकको रुचाएको उनले बताए ।

उनले भने- ‘चलचित्र हेर्नका लागि दर्शकको ओइरो छैन । तर, चलचित्र हेर्ने जत्तिले रुचाउनु भएको पाएका छौं । माउथ पब्लिसिटी राम्रो भएकाले एक-दुई दिनयता हलमा दर्शकको चाप बढ्न थालेको छ । अहिले म कलाकारसहित दर्शकहरुलाई प्रत्यक्ष भेट्न मोफसल दौडाहामा छु । पोखरासहित विभिन्न ठाउँमा चलचित्र हेर्ने दर्शक बढेको जानकारी हल व्यवसायीहरुले दिनुभएको छ ।’

चलचित्र हेर्ने दर्शकले कथावस्तु र कलाकारको अभिनय रुचाएको निर्देशक आचार्यले बताए । आफ्नो अघिल्लो चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ पनि बलियो माउथ पब्लिसिटीका कारण राम्रो चलेको बताउँदै उनले दोस्रो हप्तामा ‘चुरीफुरी’ को कमाईमा सुधार हुने विश्वास व्यक्त गरे । आफूले गहन अध्ययन गरेर पस्किएको कथालाई दर्शकले रुचाएकोमा उनी खुसी देखिएका छन् ।

रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुरवीर पण्डित, पवन खतिवडा, सुबोध गौतम, अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय रहेको चलचित्रको कथा ऋषिराज स्वयंले लेखेका हुन् । चलचित्रमा राहुल राईको छायांकन र नवीन निरौलाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu