चर्चित र्यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पोखराको न्युरोडबाट पक्राउ गरेको छ । बुधबार राति ब्राउन सुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।

एसपी थापाले भने- ‘लाउरेलाई ब्राउन सुगर खरिद-बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेका हौँ । उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने छौँ ।’ प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको जानकारी दिएको छ ।
उनका ‘केस नं ४२’, ‘हाउडे, ‘मेरो सोल्टा’, ‘सबै हो लाउरे’, ‘नेप हपको बाटो’ लगायतका र्याप गीत युवापुस्तामा निकै चर्चित छन् । उनले चलचित्र ‘ताण्डव’ बाट नायकको रुपमा समेत डेब्यू गरेका थिए । पक्राउ परेका ‘लाउरे’ रियालिटी शो ‘हिमालय रोडिज’ का निर्णायक पनि हुन् ।






