अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि



अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंसिर दोस्रो साता सिक्किममा चलचित्र ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । मुम्बईको कोकिलाबेन अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ उनले चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

अदितीले विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । उनले केही हिन्दीसँगै पञ्जाबी गीतमा अभिनय गरिसकेकी छन् । तर, उनका लागि अहिलेसम्म बलिउडको ढोका भने खुल्न सकेको छ । ‘बाबरी’ बाट चार वर्षपछि अभिनयमा फर्किएकी उनले यो चलचित्रमा धिरज मगर र नायिका तृप्ती नाडकारका छोरा धिरज टोटलानीसँग रोमान्स गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu