प्रदर्शनमा आयो हरर चलचित्र ‘कठपुतली’



आजबाट प्रतिक्षाको घडी सकिएको छ । दुईवटा ट्रेलरले आश जगाएको नेपाली चलचित्र ‘कठपुतली’ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ । बुधवार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्रले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि आफ्नो ९ मेजर स्टेशनमा कूल १४ शोज दिएको छ । बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो शो पाएको छ । यी सबै मल्टीप्लेक्सहरुले शुक्रवारको बुकिङलाई मध्यनजर गर्दै शनिवारबाट शो बढाउने तयारी गरेको जानकारी प्राप्त छ । काठमाडौं र मोफसलमा चलचित्रको शनिवारको बुकिङ पनि राम्रो छ ।

मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले चलचित्र खिचेका हुन् । चलचित्रले राजाहरुको शासन कालको कथा भनेको छ । बुधवार राजधानीमा भएको चलचित्रको प्रिमियरमा उपस्थित अधिकांश चलचित्रकर्मीले छायांकनदेखि कलाकारको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu