‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक



काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ । टिजरले चलचित्रका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् ।

उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा चलचित्रमा प्रस्तुत गरेको बताएका छन् । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, चलचित्र यही दर्शनमा केन्द्रित रहेको छ,’ दिन्शले भने । दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

चलचित्रमा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत भने अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्जवल ढकालले सम्पादन, नोबेल फ्रिक्सको पाश्र्व संगीत रहेको छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu