‘लाखे’ मा रोहित रुम्बाको प्रवेश



अभिनेता रोहित रुम्बाले चलचित्र ‘लाखे’ मा अभिनय गर्ने भएका छन् । निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रुपमा शनिवार उनलाई भित्राएको हो । ‘लाखे’ कथा मन परेको कारण चलचित्रमा जोडिएको उनले बताए । रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र सन्जोग राणालाई पनि भित्राएको छ । यी तीन कलाकार भित्रिएसँगै चलचित्रको लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । चलचित्रका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी भित्रिसकेका छन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठूलो बजेटमा निर्माण हुन लागेको चलचित्रको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । चलचित्र २६ पुषबाट छायांकन निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu