‘रेलको बाटो’ नाममा चलचित्र बनाउँदै जीबी चिरन



चर्चित गीत ‘रेलको बाटो’ नाममा चलचित्र निर्माण हुने भएको छ । यही गीतका मोडल जीबी चिरनले अहिले चलचित्रको स्क्रिप्ट लेखनमा काम भइरहेको जानकारी दिएका छन् । केही दिनमा चलचित्र विकास बोर्डमा नाम दर्ता गर्ने उनले बताए । उनी आफैंले चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । विन्दास प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रमा जीबी स्वयंले मुख्य भूमिकामा अभिनय गर्नेछन् ।

चलचित्रमा निर्देशक र अन्य कलाकार छनोट हुन बाँकी रहेको जीबीले बताए । उनले भने, ‘निर्देशकको बारेमा टिमभित्र छलफल भइरहेको छ । केही दिनमा निर्देशक फाइनल गरेर नाम दर्ता गर्नेछौं । चलचित्रमा मुख्य कलाकार भने थिएटरबाट धेरै हुने सम्भावना छ ।’ चलचित्र विकास बोर्डमा नाम दर्ता गरेपछि एक कार्यक्रमका बीच चलचित्रको घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

कर्णालीमा बसोबास गर्ने मानिसहरुको पीडा कति गहिरो र दर्दनाक छ भन्ने कुरा ‘रेलको बाटो’ गीतको भिडियोमा देखाइएको छ । सडक यातायातले नछोएको देशको एक मात्र दुर्गम जिल्ला हुम्लामै गएर भिडियोको छायांकन गरिएको थियो । गीतको शब्द उस्तै मार्मिक छ । चलचित्रमा पनि कर्णालीकै कथा र व्यथालाई समेटिने जीबी चिरनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu