‘प्रेमगीत ३’ को रिलिज अनिश्चितकालका लागि स्थगित



भारतमा बढेको संक्रमणको तेस्रो लहर र नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेपछि फागुन १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ फेरि अनिश्चितकालका लागि पोस्टपोन्ड भएको छ । सोमवार फेसबुकमा एक विज्ञप्ति जारी गर्दै निर्माता तथा निर्देशक सन्तोष सेनले अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै चलचित्रको रिलिज रोकेको जानकारी दिए ।

उनले लेखेका छन्, ‘भारत बजारका वितरक समुहले दिएको सल्लाह-सुझावलाई मनन् गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेकोले नेपाल र भारतमा अलग-अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकोले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्तावलाई स्विकार गर्दै अनिश्चितकालको लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

हिन्दी भाषामा समेत डब गरिएको चलचित्रलाई भारतका हलमा प्रदर्शन गरिँदैछ । तर, संक्रमणको तेस्रो लहरका कारण भारतका हलहरु बन्द हुने थालेपछि निर्माण टिमले नेपालको प्रदर्शन मिति पनि स्थगित गरेको हो । यसअघि २०७६ सालको चैत २८ गतेलाई चलचित्रले प्रदर्शन मिति तोकेको थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि चलचित्र रिलिज हुन पाएको थिएन ।

स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो चलचित्रबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu