कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ को सोमबारबाट छायांकन सुरु भएको छ । काठमाडौंको महेन्द्र निधि अस्पतालबाट चलचित्रको छायांकन सुरु भएको हो । सुवर्ण थापाले क्याप्टेनसिप सम्हालेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् ।

चलचित्रको छायांकन सुरु भएसँगै मुख्य भूमिकामा अभिनेता नरेन खड्काको प्रवेश भएको छ । सोमवारबाटै उनले सुटिङ सेट ज्वाइन गरेका छन् । चलचित्र ‘हमेशा’ बाट नायकको रुपमा डेब्यू गरेका उनले अहिले लगातार चलचित्रमा काम गर्दै आएका छन् । गत मंसिर उनले डोल्पामा चलचित्र ‘बुलाकी’ को सुटिङ सकाएका थिए । उनले ‘म’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको चलचित्रमा पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्मातामा छन् । करन सिंह प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने चलचित्रको काठमाडौंमै सम्पूर्ण छायांकन हुनेछ ।