यही पुष ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट ३’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन कुमारको स्वर छ । उनी चलचित्रका निर्माता पनि हुन् । गायकको रुपमा आफ्नो करिअर सुरु गरेका उनले लामो समयपछि गीतमा स्वर दिएका हुन् । गीतको भिडियोमा चलचित्रभित्रका दृश्य समावेश गरिएको छ ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘चपली हाइट ३’ क्राइम थ्रिलर जनरामा निर्माण भएको हो ।
नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । चलचित्रमा डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ ।