‘हामी तीन भाई’ को गीतमा अस्मिता र शक्तिको स्वर



कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको चलचित्र ‘हामी तीन भाई’ को गीत रेकर्डिङ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी स्यवंम संगीतकार शक्तिले स्वर दिएका छन् । गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् । चलचित्रका विशेष सहयोगीमा शम्भु कुमार केसी छन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रमा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका लागि केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् । प्रसिद्धि सिने आर्टसको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने चलचित्रको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu