‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक



अष्ट्रेलियामा निर्माण भएको चलचित्र ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रकी मुख्य नायिका निखिला बुढाथोकी मात्र फिचर छिन् । भावुक मुद्रामा देखिएकी उनको आँखाबाट रगतको आँशु बगेको छ । पोस्टरले नै चलचित्र हरर-थ्रिलर जनरामा निर्माण भएको प्रस्ट्याउँछ । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेको घटनाक्रममाथि चलचित्र आधारित छ ।

मनोज अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा पुकार गौतम, रोजी पन्त, प्रेक्ष्या अधिकारी, योगेश घिमिरेसँगै अष्ट्रेलियन कलाकार ओल्गा तमराको पनि अभिनय छ । भानु प्रताप प्रस्तुतकर्ता रहेको चलचित्रमा हलिउड प्राविधिकले काम गरेका छन् । चलचित्रको पहिलो चरणको छायांकन पूरा भइसकेको छ भने दोस्रो चरणको छायांकन चाँडै सुरु हुने निर्माता प्रतापले बताए ।

एक दशकदेखि अष्ट्रेलिया बसेर नेपाली चलचित्रको निर्माण र प्रबद्र्धन गर्दै आएका निर्देशक मनोज अधिकारीले यसअघि अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए । योसँगै अष्ट्रेलिया र नेपालमा निर्माण भएका थुप्रै चलचित्रमा निर्माताका रुपमा अनुभव बटुलेका उनले अष्ट्रेलियन हलिउड चलचित्र ‘गर्ल एडिक्टेड’ को पनि निर्देशन गरिसकेका छन् ।

आर.के.एस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको चलचित्रलाई अष्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले खिचेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको चलचित्रको निर्मातामा रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छवि अधिकारी, सरोज वाइबा छन् भने सह-निर्मातामा सरस्वती गौतम, शृजना ल्वागुन, भिम राज रसाइली र वचन कुमार मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu