‘फेश अफ द माडवारी किड्स २०२१’ चयन अन्तिम चरणमा



माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै गरेको ‘फेश अफ द माडवारी किड्स २०२१’ को चयन अन्तिम चरणमा पुगेको छ । यही शनिबार काठमाडौंमा एक समारोहबीच ‘फेश अफ द माडवारी किड्स २०२१’ को चयन हुनेछ ।

यो प्रतियोगिताका प्रतियोगीहरु यतिबेला विभिन्न प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई कोरियोग्राफर एवम् अभिनेता दिक्पाल कार्की र पुनम बर्माले विभिन्न प्रशिक्षण दिइरहेका छन् । यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीमा विधि अग्रवाल, नाभिका अग्रवाल, विधि शाह, आरध्या अग्रवाल, वान्सिका जोधानी, रुट्बी अग्रवाल, अमारिया अग्रवाल, साईना अग्रवाल, पिहु चाचन, आध्या अग्रवाल, लक्ष्य अग्रवाल, गगन बन्सल, अन्सुल अग्रवाल, शिवान्स खेतान, भियोम शर्मा, रेयान्स मित्रुका, भिहान मिन्डा, कृतिम चाचन, जुयान्स तिब्रेवाल रहेका छन् ।

यस्तै, प्रतियोगितामा तेजस पोद्दार, मायाँक गोयल, गर्भ वाहेटी, जयदेब बँशल, कुश तिब्रेवाल, मेदान्स अग्रवाल, गौतम अग्रवाल, दिब्यंका शर्मा, विधिता अग्रवाल, आस्ना अग्रवाल, आध्या शर्मा, आयुशी अग्रवाल, आंशिका मित्रुका दिब्या अग्रवाल, यशस्भी खेम्का, मानस्भी खेम्का पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।

यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन बिगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखा मोदी मितृकाले बताईन् । बीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य तथा कवि एवम गीतकार बसन्त चौधरी, मेघा चौधरी, उधोगी राजेन्द्र खेतान, अभिनेत्री केकी अधिकारी लगायतको आतिथ्यतामा प्रतियोगिताको फिनाले यही शनिबार काठमाडौंको गैरीधार स्थित सिल्भर वेकमा हुने पनि रेखाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu