‘कठपुतली’ हेर्दा ‘आईफोन १२’ उपहार पाईने, यस्तो छ प्रक्रिया



गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपुर्ण व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहेको चलचित्रले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली चलचित्रले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बनेका चलचित्रकर्मीहरुलाई पनि ‘कठपुतली’को व्यापारले आश जगाएको छ ।

यसैबीच, पहिलो सप्तान्नसम्मको व्यापारको उत्साहबाट निर्माण टीमले दर्शकलाई आकर्षक उपहार योजना अगाडि सारेको छ । चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिने बताईएको छ ।

यो योजनामा सहभागि हुन दर्शकले केहि नियम पालना गर्नुपर्ने हुन्छ । एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ, टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ‘क्याप्सन’मा #KATHAPUTALI #WINIPHONE लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरि उपहार दिईने बताईएको छ ।

भिमसेन लामा निर्देशित यस चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका चलचित्रका निर्माता पृथ्वी रानामगर हुन भने सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu