‘कौसीद’ को टिजर सार्वजनिक



अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कौसीद’ को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच चलचित्रको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार, चलचित्र प्रदर्शनको लागि तयार भइसकेको बताए ।

सार्वजनिक फर्स्टलुकमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

यो चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । चलचित्रको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् ।

निर्देशक भास्करकै पटकथामा बनेको चलचित्रको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्र क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित प्रभावलाई मध्यनजर गरेर छिट्टै नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu