‘कठपुतली’ दोस्रो हप्तामा प्रवेश, ‘माउथ पब्लिसिटी’ बलियो



पुष १६ गतेबाट प्रदर्शनमा आएको नेपाली हरर चलचित्र ‘कठपुतली’ दोस्रो हप्तामा प्रवेश गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो र अधिकांश सिंगल थिएटरमा प्रदर्शन भइरहेको चलचित्रले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको थियो । ‘माउथ पब्लिसिटी’ बलियो रहेकाले दोस्रो हप्तामा पनि चलचित्रलाई दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

‘कठपुतली’ ले दोस्रो हप्ता क्यूएफएक्स चेन, एफक्यूब सिनेमाज्, विएसआर सिनेमाज्, वान् सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपूर सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा राम्रो शो पाएको छ । प्रदर्शनको पहिलो हप्ता हलमा दर्शकको अकुपेन्सी सुखद रहेकाले मल्टीप्लेक्सहरुले दोस्रो सातामा पनि चलचित्रको शो यथावत राखेका हुन् ।

दर्शकहरुबाट चलचित्र ‘डार्क’ भयो भन्ने प्रतिक्रिया आएपछि निर्माण टिमले यसको समाधान गरेको छ । निर्देशक भिमसेन लामाले अब दर्शकले चाहेको जस्तै क्वालिटीमा चलचित्र हेर्न सक्ने जानकारी दिए । उनी पहिलो हप्ता दर्शकबाट मिलेको साथ र प्रतिक्रियाले आफू उत्साहित भएको बताउँछन् । आफूहरुको मेहनत सफल भएको बताउँदै उनले आफूमा थप जिम्मेवारी थपिएको बताए ।

पृथ्वी राना मगरको निर्माणमा तयार भएको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका चलचित्रका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu