‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ गीत सार्वजनिक



आउँदो फागुन २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ गीत सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर र विकास चौधरीको संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, मरिश्का पोखरेल, नीता ढुंगाना, रविन्द्र झा, रमा लिब्बु लगायत फिचर छन् ।

लोक लयको गीतको भिडियोमा राजिव सिंहको कोरियोग्राफी रहेको छ । जयनन्द लामा र शिशिर वाङ्देलको पनि अभिनय रहेको चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयलाई चलचित्रले उठाएको छ । युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर आफूले निर्माण गरेको निर्देशक सुब्बाले जानकारी दिए ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् । चलचित्रको संवाद भने कलाकार विल्सन बिक्रम राईले लेखेका हुन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu