अभिनेता र अभिनेत्री छान्न ‘परस्त्री’ ले गर्‍यो अडिसन आह्वान



चलचित्र ‘लभ लभ लभ’ का नायक सुरज पाण्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘परस्त्री’ का लागि अडिसन आह्वान गरिएको छ । चलचित्रको मुख्य भूमिकामा नायक कोशिश क्षेत्री अनुबन्ध भइसकेका छन् भने अन्य एक अभिनेता र दुई अभिनेत्रीलाई छनोट गर्न निर्माण टिमले अडिसन आह्वान गरेको हो । संसारभरबाट अडिसनका लागि आफ्नो प्रोफाइल पठाउन सकिने बताइएको छ ।

निर्माण कम्पनी डि।एस डिजिटलले जारी गरेको विज्ञप्तिमा २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्र र २० देखि २५ वर्षभित्रका अभिनेत्रीका लागि अडिसन आह्वान गरेको जानकारी दिएको छ । नयाँ प्रतिभालाई अवसर दिन अडिसन गर्न लागिएको निर्मात्री शर्मिला पाण्डेले बताइन् । अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा प्रोफाइल पठाउनु पर्नेछ ।

सर्टलिस्टमा परेकालाई मात्र अडिसनको जानकारी गराइने निर्मात्री पाण्डेको भनाई छ । ‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के। खनालको कथामा निर्माण हुन लागेको चलचित्रले एक विवाहित पुरुषको अफेयरको कथामा भन्नेछ । चलचित्रको सुटिङ फागुन तेस्रो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । चलचित्रलाई निरज कँडेलले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu