‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने सोचमा दीपेन्द्र



दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद’ नेपाली चलचित्र क्षेत्रकै लागि कोशेढुंगा मानिन्छ । नेपालमा बनेका उत्कृष्ट चलचित्रको नाम लिँदा यो चलचित्र छुट्दैन । चलचित्रले उठान गरेको गम्भीर विषयवस्तु, निर्देशन, प्रस्तुती र कलाकारको अभिनयले चलचित्रलाई यादगार बनाएको थियो । यो चलचित्रबाट दीपेन्द्रले आफूलाई अब्बल निर्देशकको कोटीमा उभ्याएका थिए ।

यतिबेला उनी ‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारीमा रहेको चर्चा छ । शुक्रवार राजधानीमा आयोजिक एक कार्यक्रममा उनले चलचित्रको सिक्वेल बनाउनु पर्छ भन्ने लागे पनि डर लागिरहेको बताए । उनले भने, ‘म जहाँ पनि जान्छु ‘पशुपति प्रसाद’ को सिक्वेल किन नबनाएको भनेर प्रश्न आउने गरेको छ । मलाई पनि बनाउनु पर्छ कि भन्ने लागेको छ तर आँट नै आइरहेको छैन ।’

‘पशुपति प्रसाद’ अहिले पनि दर्शकहरुको मनमा ताजा भएकाले चलचित्रको सिरिज कसरी बनाउने भन्ने कुराले सताइरहेको बताउँदै दीपेन्द्रले अगाडि भने, ‘कोरोनाले यतिबेला चलचित्र क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले यो बेला ‘पशुपति प्रसाद’ फेरि बनाउनु पर्छ भन्ने चाहिँ लागेको हो । अहिले म र खगेन्द्र लामिछानेजी कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर अध्ययनको चरणमा छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu