श्रीमतीबाट अलग बस्न थाले रमेश उप्रेती



अभिनेता रमेश उप्रेतीको श्रीमती किरण राणासँग डिभोर्स हुन लागेको खबरले यतिबेला नेपाली चलचित्र क्षेत्र तातेको छ । विगत केही समयदेखि उनीहरु एक्ला-एक्लै बस्दै आएको चर्चा छ । अभिनेता उप्रेतीले पनि आफूहरु अलग बस्दै आएको कुरा स्वीकार गरेका छन् । तर, कानुनी रुपमा डिभोर्स भने नभएको उनको दाबी छ ।

घरायसी समस्याका कारण अलग बस्दै आएको भए पनि डिभोर्सको बारेमा अहिले नै आफूले केही नसोचेको रमेशले बताएका छन् । एकअर्कालाई स्पेश दिनका लागि आफूहरु अलग बस्दै आएको उनको भनाई छ । तर, स्रोतका अनुसार, रमेश र किरण दुवै डिभोर्स गर्ने निर्णयमा पुगिसकेका छन् । केही समयदेखि उनीहरुबीच बोलचाल र भेटघाट बन्द छ ।

रमेश र किरणको प्रेम विवाह भएको थियो । रमेशसँग किरणको दोस्रो बिहे हो । विवाहको केही समयपछि यो जोडी अमेरिका उडेको थियो । करीब दश वर्ष अमेरिकामा विताएपछि उनीहरु नेपाल फर्किएका थिए । बुढानीलकण्ठस्थित सीजी भिल्लामा श्रीमतीसँग बस्दै आएका रमेश केही महिनादेखि बुढानीलकण्ठमै फ्ल्याट भाडामा लिएर एक्लै बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu