सुरजले अब चलचित्रमा अभिनय नगर्ने



आमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र ‘लभ लभ लभ’ बाट अभिनय करिअरको सुरुवात सुरज पाण्डेले अब चलचित्रको निर्देशन गर्ने आँट गरेका छन् । यसै साता राजधानीमा एक कार्यक्रमका बीच उनले निर्देशन गर्ने पहिलो चलचित्र ‘परस्त्री’ को निर्माण घोषणा गरियो । दीपेन्द्र के. खनालले लेखेको कथामा तयार हुने यस चलचित्रमा कोशिश क्षेत्री मुख्य भूमिकामा छन् ।

सुरज लकडाउनको समयमा गरेको अध्ययन र पाँचवटा चलचित्रमा क्यामेरा पछाडि बसेर बटुलेको अनुभवपछि निर्देशन गर्ने हिम्मत आएको बताउँछन् । उनी भन्छन्, ‘डि.एस डिजिटलले बनाएका ६ चलचित्रमध्ये ५ वटामा मैले क्यामेरा पछाडि बसेर काम गरेँ । लकडाउनमा अध्ययन पनि गरेँ । दीपेन्द्र के. खनाल दाईले धेरै सिकाउनु भएको छ । यसैले निर्देशन गर्न सक्छु भन्ने हिम्मत आएको हो ।’

आफू चलचित्र क्षेत्रमा कलाकार बन्न नभइ निर्देशक बन्ने सपना बोकेर आएको सुरजको भनाई छ । ‘मेरो सोच कहिल्यै कलाकार बन्छु भन्ने थिएन । मलाई पहिल्यैदेखि निर्देशक बन्ने इच्छा थियो । तर, ममी (शर्मिला पाण्डे) ले ‘पछि निर्देशन गर्नु अहिले अभिनय गर’ भन्नु भएपछि ‘लभ लभ लभ’ मा अभिनय गरेँ । अब अभिनयलाई ब्रेक दिएको छु । निर्देशनमा अगाडि बढ्ने सोच छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu