‘चपली हाइट ३’ ले कहाँ कति शो पायो ?



भोली शुक्रवारबाट चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन हुँदैछ । कोरोना महामारीका कारण भारतका ठूला चलचित्रको रिलिज रोकिएपछि यो चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्सले चलचित्रलाई आफ्नो ९ वटा मेजर स्टेशनमा २६ शो दिएको छ । बिहीवार साँझसम्म अरु शो बढ्नेमा निर्माण टिम आशावादी देखिएको छ ।

त्यस्तै, चलचित्रले क्यूज सिनेमाज्मा ५ शो, कीर्तिपुर सिनेप्लेक्समा २ शो, एफक्यूब सिनेमाज्मा ५ शो, सिडिसी सिनेमाज्मा ५ शो, बिग मुभिजले ४ शो, आइएनआइ सिनेमाज्मा ४ शो पाएको छ । बुधवारबाट काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुले चलचित्रको बुकिङ खुलाएका छन् । चलचित्रको एडभान्स बुकिङ भने औसत छ । चलचित्रले सिंगल थिएटर पनि पर्याप्य पाएको बताइएको छ ।

निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको अभिनय छ । चलचित्रमा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu