‘एक्स ९’ : ३ महिनामा ८ केजी मोटाए पुष्प



चलचित्र ‘मारुनी’ पछि पर्दामा नदेखिएका अहिलेका चल्तीका नायक पुष्प खड्का यतिबेला एक्सन थ्रिलर फिल्म ‘एक्स ९’ का लागि मिहेनत गरिरहेका छन् । विगत ३ महिनादेखि उनले जिमसँगै एक्सनको तामिल लिँदै आएका छन् । जिम ट्रेनिङ सुरु गर्नुअघि उनी ७२ केजीका थिए । अहिले उनी मोटाएर ८० केजी भएका छन् । ३ महिनामा उनले आफ्नो तौल ८ केजी बढाएका हुन् ।

मांसाहारी भएकाले पुष्पलाई तौल बढाउन उत्ति गाह्रो नभए पनि अस्तव्यस्त सेड्युलले भने समस्या भएको रहेछ । उनी भन्छन्, ‘समयमा खाने, समयमा सुत्ने, समयमा उठ्ने मान्छेलाई ज्यान बनाउन सजिलो हुन्छ । मेरो चाहिँ अफ सेड्युल हुन्छ । म्यूजिक भिडियोको सुटिङ गर्दा न समयमा डाइट अनुसारको खान पाइन्छ न समयमै सुत्न पाइन्छ । यो हुँदा शरीर डिसब्यालेस हुने रहेछ ।’

जिम गरेको शरीरलाई आराम चाहिने भए पनि आफ्नो अफ सेड्युलले शरीरलाई ब्यालेन्समा राख्न समस्या भएको पुष्प बताउँछन् । अब मोटाएको शरीरलाई कसिलो बनाउन २ महिना समय लाग्ने उनको भनाई छ । उनले अगाडि भने, ‘अहिले शरीरमा फ्याट छ । त्यसलाई घटाएर मसल्स मात्र राख्नु पर्छ । छाती चिरेको, सिक्स प्याक निकाल्नु पर्छ । शरीर कसिलो बनाउँदा केही घट्न सक्छु ।’

‘एक्स ९’ को निर्माण टिमले पुष्प खड्कासँगै अनमोल केसी, सौगात मल्ल र राज कटुवालका लागि काठमाडौंको एक जिम ट्रेनिङ सेन्टर दैनिक ३ घन्टासम्म भाडामा लिएको छ । चारै जना कलाकारलाई पर्सनल ट्रेनर उपलब्ध गराइएको छ । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् । अहिले उनी चलचित्रका लागि लोकेशन खोज्न दुबईमा छन् । चलचित्रमा बलिउड सुपरस्टार सुनिल शेट्टीको पनि अभिनय रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu