फेरि पुरानै धारको चलचित्र बनाउँदै छु : तुलसी घिमिरे



एक समय सर्वाधिक सफल चलचित्रको निर्देशन गरेका तुलसी घिमिरेले पछिल्लो चलचित्र ‘दर्पण छायाँ २’ पछि नयाँ चलचित्रको निर्देशन गरेका छैनन् । अब भने उनी निर्देशनमा फर्किने तयारीमा जुटेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले चाँडै नयाँ चलचित्र लिएर आउन लागेको जानकारी दिए । आउँदो फागुन वा चैतबाट चलचित्रको छायांकन सुरु हुनसक्ने उनले बताए ।

नयाँ चलचित्रको बारेमा उनले भनेका छन्, ‘मार्च वा अप्रिलमा एउटा प्रोजेक्टको तयारी गरिरहेका छौं । चलचित्रको शिर्षक भने दर्ता भइसकेको छैन । एउटा सामाजिक विषयवस्तुमा चलचित्र बनाउने छौं । हामीले बनाउने चलचित्रलाई पुरानो धारको भनिन्छ । त्यही धारको चलचित्र बनाउँदैछौं ।’ अहिले पालो पर्खेर चलचित्रको रिलिज गर्नुपर्ने भएकाले नयाँ चलचित्र गर्न समय लाग्ने उनको भनाई छ ।

युवा पुस्ताका निर्देशकको काम गर्ने र सोच्ने शैलीबाट आफू प्रभावित भएको पनि उनी बताउँछन् । अहिलेका निर्देशकहरुले अग्रज निर्देशकको राम्रो र नराम्रो पक्ष केलाएर अगाडि बढ्ने कार्यशैली मन परेको उनले बताए । ‘युवा निर्देशकहरुले हामीहरुलाई स्टडी गर्नु हुँदोरहेछ । हामीले गरेका नराम्रो पक्ष दोहोर्‍याउनु हँदैन भनेर काम गर्ने उहाँहरुको सोचबाट म अत्यन्त खुसी छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu