नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेको छ । यसको चपेटामा आम मानिससँगै कलाकारहरु पनि पर्न थालेका छन् । यसैक्रममा, अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । उनले मंगलवार फेसबुकको माध्यमबाट आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी गराएकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनय करिअर सुरु गरेकी श्वेताले ‘श्रीमान् श्रीमती, कोहिनूर, हाँसी देऊ एक फेर’ चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले तीन वर्ष अगाडि आफ्नै निर्माण र अभिनयमा चलचित्र ‘कान्छी’ बनाएकी थिइन् । उनी फेरि नयाँ चलचित्र निर्माणको तयारीमा छिन् ।
गत वर्षको मंसिरमा विजन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी अभिनेत्री खड्काले विभिन्न व्यवसायहरुमा समेत हात हालेकी छन् । उनले हिमालयन जाभा, ‘अल्टिमोडल’ अनलाइन सपिङका साथै होटल, कन्स्ट्रक्सन लगायतको क्षेत्रमा ठूलो लगानी गरेकी छन् ।


