चलचित्रको सुटिङ गर्दा हुन्छ : दयाराम दाहाल



कोरोना महामारीको चपेटामा फेरि नेपाली चलचित्र क्षेत्र परेको छ । दुई चरणको महामारीमा महिनौं बन्द भएका हलहरुमा तेस्रो पटक पनि भोटे ताल्चा लागेको छ । संक्रमण रोकथामका लागि सरकारले माघ १५ गतेसम्म हल बन्द गर्ने निर्णय गरेको हो । संक्रमण बढ्दै गएकाले यो अवधि लम्बिने सम्भावना बलियो छ । जसले गर्दा चलचित्र क्षेत्रमा अब के हुने हो भन्ने अन्योलता छाएको छ ।

सरकारले हलहरु बन्द गर्ने निर्णय गरेपछि धेरै निर्माता तथा निर्देशकहरु चलचित्रको सुटिङ गर्न पनि डराएका छन् । तर, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सरकारले चलचित्रको सुटिङ रोक्ने विषयमा कुनै निर्णय नगरेकाले स्वास्थ्य मापदण्ड अपनाएर छायांकन गर्न आग्रह गरेका छन् । छायांकनको समयमा कुनै रोकटोक भए आफूलाई सम्पर्क गर्न उनको आग्रह छ ।

उनले भने, ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको निर्णय हो । चलचित्रको सुटिङमा पनि यो कुरा चाहिँ लागू हुन्छ । तर, सुटिङ नै रोक्ने विषयमा सरकारले कुनै निर्णय नगरेकाले ढुक्क भएर सुटिङ गर्दा हुन्छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड चाहिँ अपनाउनु होला ।’ सावधानी र सतर्कता अपनाएर यो समयमा पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनको धारणा छ ।

अहिले सुवर्ण थापाको निर्देशन रहेको चलचित्र ‘म’ को छायांकन भइरहेको छ । त्यस्तै, एक सातादेखि चलचित्र ‘लाखे’ पनि छायांकनमा छ । सरकारले कुनै पनि बेला लकडाउन वा सुटिङ रोक्न निर्देशन दिन सक्ने भएकाले यतिबेला धेरै निर्माता तथा निर्देशकहरु पर्ख र हेरको स्थितिमा छन् । छायांकनमा निकस्न आधा दर्जन बढी चलचित्र तयारीमा अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu