बैशाखमा लगनगाँठो कस्ने रेखा थापाको तयारी



निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एक्लो जीवन विताउँदै आएकी अभिनेत्री रेखा थापाको यतिबेला विवाहको चर्चा चलिरहेको छ । उनले केही समययता विभिन्न अन्तर्वार्तामा २०७९ सालमा आफूले विवाह गर्ने सोच बनाएको बताउँदै आएकी छन् । प्राप्त जानकारी अनुसार, उनी आउँदो नयाँ वर्ष (बैशाख) मा विवाह गर्ने तयारीमा छिन् ।

आमाको साथमा मित्रपार्कको एक अपार्टमेन्टमा बस्दै आएकी रेखा थापा केही समयदेखि एक युवकको प्रेममा रहेको र ती युवक विदेशमा बस्दै आएको स्रोतले बताएको छ । तर, रेखाले भने बैशाखमा विवाह गर्न लागेको विषयमा कुनै जानकारी दिएकी छैनन् । बैशाखको विवाहका लागि रेखाको परिवारले भने तयारी सुरु गरिसकेको जानकारी प्राप्त छ ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा रेखाले आफ्नो लभ र एरेन्ज दुवै हुनसक्ने बताउँदै तामझामसँग विवाह नगर्ने बताएकी थिइन् । आफू साधारण मानिस भएकाले तामझामसँग विवाह गर्दा विवाह गर्न चाहने युवतीहरुमा नकारात्मक प्रभाव पर्ने हुनाले साधारण तरिकाले विवाह गर्ने उनको भनाई थियो ।

रेखा पछिल्लो समय अभिनयभन्दा राजनीतिमा बढी सक्रिय छिन् । गत महिना भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी उनी कोरोना महामारीभन्दा अगाडि नयाँ चलचित्र निर्माणको तयारीमा थिइन् । तर, संक्रमण निर्मुल नहुँदा उनले चलचित्र निर्माण गर्ने हिम्मत गर्न सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu